१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

महामन्त्री पदका उम्मेदवार शर्माद्वारा अवधारणा पत्र सार्वजनिक

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्माले अवधारणा पत्र सार्वजनिक गरेका छन्। राजनीतिमा परिवर्तनको अनिवार्यताबारे नेपाली कांग्रेसको चौधौं महाधिवेशनको क्रममा उनले अवधारणापत्र सार्वजनिक गरेक हुन्। उनले भनेका छन्, ‘एकातर्फ विगतको आत्मसमीक्षा गर्नुछ, अर्कातर्फ आउँदा दिनहरुका लागि आत्मचिन्तन।’  

उनले बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने नवीन संकल्प र नवीन सपनाको रेखांकन अबको कांग्रेसले गर्नुपर्नेमा अवधारणामार्फत् जोड दिएका छन्। उनले विपीले देशका लागि देखेको सपना साकार बनाउन एक्काईसौं शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर ‘समय सापेक्ष सपना साथ’ नेपाली कांग्रेसअघि बढ्नु पनि आवश्यकता औंल्याएका छन्।

उनले अवधारणामा भनेका छन्, ‘आज असोज ३ गते २०७८ को संविधान दिवसको दिन, म आफ्नो गृह जिल्ला झापाको माटोमा उभिएर यी विषयलाई थाति राखेर यो समग्रलाई नायकत्व गर्ने राजनीतिको आजको चुनौती, राजनीतिप्रतिको प्रश्न र विकर्षण अनि अबको राजनीतिक रुपान्तरणको सन्दर्भमा आफ्नो अवधारणा प्रस्तुत गरिरहेको छु।’ उनले राजनीतिमा परिवर्तनका लागि खुला संवाद, बहस र अभ्यास गर्नुपर्ने बताउँदै २४ वुँदा छलफल र बहसका लागि प्रस्तुत गरेका छन्। 

प्रकाशित: ३ आश्विन २०७८ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App