१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विकास र समृद्धिमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन्। सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा सरकार अनवरतरुपमा अगाडि बढेको छ भने।

सन्देशमा भनिएको छ, 'सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप २०७२ सालमा आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। संविधानले व्यवस्था गरेको लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार,आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायत मूल्यमान्यतामा केन्द्रित भई विकास र समृद्धिको जनअपेक्षा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको छ।'

सन्देशमा संविधानमा प्रस्तावित आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चिततासहित समाजवादी व्यवस्था निर्माणको दिशामा अगाडि बढ्नु नै अहिलेको प्रमुख दायित्व रहेको उल्लेख गर्दै संविधान कार्यान्वयनका क्रममा आआफ्नो क्षेत्रबाट भएका कमि कमजोरीको समीक्षा इमान्दारितापूर्वक गर्न आग्रह गरिएको छ। रासस

प्रकाशित: ३ आश्विन २०७८ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App