१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

१/२ वर्षमा ‘म एक्लो हुँ ’ भन्नुपर्ने हो कि? : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्त पेश गर्दै आफूलाई पनि कहिलेकाँही १÷२ वर्षपछि यस्तै हुने होकि भन्ने चिन्ता लाग्ने गरेको बताए।

आइतबार ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि वाम बुद्धिजीविहरुलाई आग्रह गरे। उनले भने, ‘कहिलेकाँही म पनि यस्तै हुँदो रहेछ। १/२ वर्ष जतिमा एक्लो पो हुने हो कि? र माओले भनेजस्तै ‘म एक्लो हुँ ’ भन्नुपर्ने हो कि? कहिलेकाँही यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के। तपाईहरु यो पनि चिन्तनमनन गरिदिनुहोला। नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा यो रोग के हो? पुस्तकका टिप्पणीकारहरुले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनु भयो ? यो व्यक्तिगत कुरा हो र? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र?’

अध्यक्ष दाहालले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका इतिहासहरुको सही समीक्षा गरेर अघि बढनुपर्ने आवश्यकता पनि औंल्याए।

प्रकाशित: २७ भाद्र २०७८ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App