२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धामीको घटनालाई सरकार थामथुम गर्दैछ : नेकपा(एमाले)

नेकपा(एमाले) ले महाकाली नदीमा बेपत्ता जयसिंह धामीको घटनालाई सरकारले थामथुम गर्न खोजेको आरोप लगाएको छ। पार्टीले प्रेस विज्ञप्तिमार्फत् सो घटनालाई सरकारले थामथुम गर्ने प्रयास गरेको जनाएको हो।  

बिहीबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘गतः २०७८ साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिनाभन्दा बढी समय बितेको छ। यस विषयमा छानविन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ।’ भनिएको छ।

पार्टीले आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको जनाएको छ।

पार्टीले नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कार्बाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ।

प्रकाशित: १७ भाद्र २०७८ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App