१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् छिटो भन्दा छिटो विस्तार हुन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरु भित्र छलफल र परामर्श चलिरहेको भन्दै अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्। 

‘विस्तार किन रोकिएको भन्ने बारेमा भनिरहनु परेन। विभिन्न पार्टीहरु भित्र छलफल, परामर्श, चलिराछ। सबै आन्तरिक रुपमा पनि कतिपय कामहरुमा जुट्नु भएको छ। कसैको महाधिवेशन छ। कोही पार्टी निर्माणको क्रममा जुट्नुभएको छ। कोही पार्टी विस्तारको क्रममा जुट्नुभएको छ', उनले भने, 'यो सबै कारणले गर्दा स्थिति बनेको हो। अब छिट्टै यसको पनि निराकरण हुनेछ। अब छिटो भन्दा छिटो हुन्छ।’

अध्यक्ष नेपालले कोही महाधिवेशन तयारीमा जुट्नु परेको र कोही पार्टी निर्माण र विस्तारकै क्रममा रहेकोले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उल्लेख गरे।

प्रकाशित: १३ भाद्र २०७८ १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App