२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राजनीतिमा एमाले र कांग्रेसमात्र आवश्यक : बस्नेत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता महेश बस्नेतले नेपालको राजनीतिमा दुई दलीय व्यवस्था आवश्यक रहेको बताएका छन्। स–साना पार्टीहरु मिलाएर नेकपा एमाले र नेपाली कांग्रेस मात्र बनाएपछि देशमा स्थिरता हुने बताएका हुन्।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले माधवकुमार नेपाल काँग्रेस र माओवादी केन्द्रको मल बन्न गएको आरोप लगाए। नेता नेपालले पार्टीमा गरेको गद्दारी र आपराधिक कर्म इतिहासमा गम्भीर समस्या बन्ने बताउँदै पार्टीको ह्वीप उल्लंघन गर्ने केही मान्छेहरु चोइटिएर गएको नै उचित भएको उनको भनाइ छ।  

नेता बस्नेतले अहिले नेपाली कांग्रेस लुम्बिनी र गण्डकीमा सरकार बन्यो भने खुशीयाली मनाइरहेको र लड्डु खाइरहेको तर सरकार कसरी बनेको छ त्यसमा विचार नगरेको बताए। उनले दीपक मनाङे र विमला वलीलाई कसरी परिचालन गरिएको छ भन्ने सबैलाई थाहा भएको पनि बताए।  

नेता बस्नेतले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सभामुख अग्नीप्रसाद सापकोटाले गरेको अपराध नेपालको इतिहासमा धब्बाको रुपमा रहने पनि बताए।

प्रकाशित: ४ भाद्र २०७८ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App