२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अफगानिस्तानमा फसेका नेपालीलाई सकुसल नेपाल फिर्तिका लागि प्रभावकारी कदम चाल्न आग्रह

मानवअधिकार तथा शान्ति समाजले अफगानिस्तानमा फसेका सबै नेपाली नागरिकहरुको उद्धार र सकुसल नेपाल फिर्तिका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी समाजले तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण फसेका नेपालीहरुलाई स्वदेश फिर्तिका लागि कदम चाल्न आग्रह गरेको हो।

भेटमा कोभिड १९ को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारले सक्षमता प्रदर्शन गर्न पनि आग्रह गरिएको छ। प्रतिनिधिमण्डलले आणविक हतियार निषेध सन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरु शीघ्र अनुमोदन गर्न पनि आग्रह गरेको छ। प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी संलग्न थिए। 

प्रकाशित: ४ भाद्र २०७८ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App