४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न आग्रह

नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी  माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूपू गोर्खाको सम्बन्धमा २०५५ र २०७७ सालमा सरकारलाई महत्वपूर्ण सुझाव दिएको तर त्यसबारेमा अहिलेसम्म जवाफ नआएको बताए।

१० दिनदेखि समान कामको असमान ज्यालालगायतका विषयमा आफ्ना माग राखेर गोर्खा भूपू सैनिक आमरण अनशनमा बसेको हुँदा उनीहरुको कामको योगदानको कदर गर्दै माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे।

प्रकाशित: ३२ श्रावण २०७८ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App