१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल–अष्ट्रेलियाबीच कमला नदीको 'स्टेट अफ दी बेसिन' सम्झौता

नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ।

शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागरकुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी बोल्कले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। नेपाल सरकारको जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो संस्थाबीच सम्झौता भएको सचिव राईले बताए।  

उनले यसमा अन्य जेभीएस र पीआई संस्था पनि रहेको बताए। सचिव राईले ४ वर्षको दौरानपछि कमला नदीको पानीलाई कसरी व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसावमा, चुरे दोहन रोक्ने लगायतका हिसावमा कमला नदी स्टेट अफ दी बेसिन प्लान तयार भएको बताए। उनले यो समझदारी पत्रले चुरे क्षेत्रको संरक्षणमा कसरी काम गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको बताए।

जल तथा उर्जा आयोग सचिवालयका सचिव मणिराम गेलालले अष्ट्रेलियाले नेपाललाई लगातार सहयोग गरिरहेको बताए। उनले अष्ट्रेलियाले जल तथा उर्जा क्षेत्र र कमला नदी बेसिनको क्षेत्रमा ५ वर्ष यता निरन्तर सहयोग गरिरहेको स्मरण गरे।

त्यसैगरी नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी बोल्कले यो सम्झौता जल तथा उर्जा क्षेत्रको लागि महत्वपूर्ण रहेको बताए। उनले जल तथा उर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीचको यो सम्झौता अविष्मरणीय रहेको बताए

उनले यस समझदारीले स्थानीय आर्थिक समृद्धि तथा जीविकोपार्जनको सुरक्षाका लागि व्यवसायिक तथा वैज्ञानिक कृषिमा जोड दिने उल्लेख गरे।

प्रकाशित: २९ श्रावण २०७८ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App