७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

'बेपत्ता' सांसद बिमला एमालेमा प्रवेश

लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओली पुनः एमाले प्रवेश गरेकी छिन्। एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमेश्वर ढकालका अनुसार उनी आत्मालोचना गर्दै पुनः एमाले प्रवेश गरेकी हुन्।

प्रदेशसभाको उपनिर्वाचनमा नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य ओलीले गत वैशाख १९ मा माओवादी केन्द्र रोजेकी थिईन्। 

केही दिन यता बेपत्ता रहेकी ओली पुनः पुरानै आफ्नै घरमा फर्किएको ढकालले जानकारी दिए। 

गत शुक्रबारदेखि बेपत्ता भनिएकी सांसद बिमला एमाले पार्टी प्रवेश गरेसंगै उनी सम्पर्कमा आएको ढकालले जानकारी दिए।

प्रकाशित: १८ श्रावण २०७८ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App