२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाली राजनीतिको संकट कम्युष्निष्टहरुको संकट होः धर्मेन्द्र बास्तोला

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको राजनीतिमा देखिएको संकट कम्युनिष्ट आन्दोलनको संकट भएको बताएका छन्।  

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेता बास्तोलाले कम्युनिष्ट आन्दोलनमा देखा परेको संकटका कारणले नै नेपाली राजनीतिमा संकट देखा परेको बताएका हुन्।

नेता बास्तोलाले नेपालको राजनीतिमा देखापरिरहेको संकट कम्युनिष्टहरुको संकट भएको पनि बताए। साथै नेता बास्तोलाले सामन्तवर्गको हातमा रहेको सरकार अहिले दलाल र पूँजिपतिहरुको हातमा रहेको समेत बताए।

'नेपालको राजनीतिमा देखापरिहेको संकट बास्तवमा कम्युनिष्टहरुको संकट हो, कम्युनिष्ट आन्दोलनमा देखा परेको संकटको कारणले नेपाली राजनीतिमा संकट देखापरेको छ,' उनले भने, 'नेपाली जनताको हातमा शासन व्यवस्था गएन, राज्य प्रणाली गएन, नेपालको शासन दलाल पूँजिपतिहरुको हातमा गयो, हिजो सामन्तवर्गको हातमा थियो आज दलाल पूँजिपति वर्गको हातमा छ।'

नेता बास्तोलाले नेपालमा आधारभूत परिवर्तन नभएको समेत बताएका छन्।

प्रकाशित: ८ श्रावण २०७८ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App