१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

डिजिटल मतदानबाट कांग्रेस नेतृत्व चयन होला त ?

नेपाली कांग्रेसले १४औं महाधिवेशनमा डिजिटल मतदानमार्फत नेतृत्व चयन गर्न सक्नेगरी तयारी थालेको छ।  कोरोना भाइरसको संक्रमण र क्रियाशील सदस्यता विवादले पछिल्लोपटक तोकिएको मितिमा पनि महाधिवेशन हुनेमा आंशका व्यक्त भइरहेका बेला कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले डिजिटल मतदानको अवधारणालाई अन्तिम रुप दिँदै त्यसलाई प्रयोग गर्न सक्नेगरी आन्तरिक डिजिटल मतदानको व्यवस्था गरेको हो। सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।  

उता पार्टी महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यतालाई लिएर कांग्रेसमा विवाद बढ्दै गएको छ। पार्टी समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता दिइएको भन्दै कांग्रेसका दस केन्द्रीय सदस्यले त्यसलाई तत्काल रोक्न माग गरेका छन्। 

विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले कांग्रेसलाई बलियो नबनाउने भन्दै १० केन्द्रीय सदस्यले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्, ‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नै प्रहार गरेको छ। यसले आफ्नो सर्वस्व सुम्पेका साथीहरुको आत्मसम्मानमा प्रहार गरेको छ।’

विधि र प्रक्रिया मिचेर सदस्यता वितरण गरिएको जनाउँदै कांग्रेस मुख्यालयमा धनुषासहित विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता आमरण अनशन र धर्नामा बसेका छन्। त्यसप्रति नेता शेखर कोइरालाले सानेपामा पुगेर ऐक्यबद्धता जनाएका छन्।  

प्रकाशित: ६ श्रावण २०७८ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App