११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद् अधिवेशनको तयारी तीव्र

संसद सचिवालयले संसद् अधिवेशनका लागि तयारीलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आइतबारबाट सुरु हुने भएपछि संसद् सचिवालयले आइतबार बिहानसम्ममा सबै तयारी पूरा गर्ने जनाएको छ। 

संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान भएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षको सिट छुट्याउनेर सबै सांसदको कोरोना परीक्षण गर्ने कार्य अझै बाँकी छ।  

प्रत्येक सांसदको दुई सिटको फरकमा भौतिक दूरी कायम गरेर बैठक बस्ने व्यवस्था भने मिलाइ सकिएको संसद् सचिवालयले जानकारी दिएको छ। जसबाट प्रतिनिधि सभामा २९ जना सांसदलाई दर्शक दिर्घामा राखिने भएको छ। ‘कांग्रेस र माओवादी र ओली समूहको एमाले बाहेक अन्य दलको कित्ता स्पष्ट भएको छैन। त्यसैले हामीले आइतबारसम्म सिट व्यवस्थापन गर्ने कार्य बाँकी राखेका छौं,’ संसद् सचिवालयका एक अधिकारीले भने। शुक्रबारदेखि सांसदहरू र संसद सचिवालयलका कर्मचारीको कोरोना परीक्षण गर्न सुरु गरिएको छ।  

प्रकाशित: २ श्रावण २०७८ ०१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App