५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनुपर्छः वामदेव गौतम

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका छन्। आइतबार राष्ट्रिय सभामा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन्।  

उपाध्यक्ष गौतमले आफूले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरुका बीचमा विभेद रहेको र यो विषयमा कुरा उठाउँदै आएको पनि बताए।  

राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनुपर्छ भनी आफूले विगतमा उठाएको स्मरण गराए। ‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ,' उनले भने, 'मलाई अध्यक्ष केपी ओली कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो। मैले मानिन।'

त्यसो भए राष्ट्रिय सभामा जानुस् भनेर प्रधानमन्त्रीले सुझाएकाे उनले सुनाए। ‘त्यसपछि मैले राष्ट्रिय सभा र प्रतिनिधि र राष्ट्रिय सभाको बीचमा विभेद अन्त्य गरिदिनुस् भने,' उनले थपे, 'राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरिदिनुस्। त्यो हटाइदिनु, त्यसका लागि संविधान संशोधन गर्नुस भन्दा मेरो धेरै चरित्र हत्या भयो।’

प्रकाशित: २७ असार २०७८ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App