१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मध्यावधि निर्वाचनको लागि कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले  सोमबार विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको छ ।

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकोमा २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ ।  त्यस्तै मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको  छ ।  

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन गर्ने छ । त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने छ ।  

प्रकाशित: २१ असार २०७८ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App