७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्माले राजीनामा दिइन्

लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्य मन्त्री सुमन शर्मा रायमाझीले आज राजीनामा दिएकी छन्। जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेकी शर्माले शुक्रबार मुख्यमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।

आफ्नो पार्टी जसपाको सरकारलाई समर्थन नरहेकोले आफू प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको भन्दै शर्माले राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ।  

मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सरकार टिकाउन उनीसहित जसपाका चार सांसदलाई मन्त्री बनाएका थिए।

प्रकाशित: १८ असार २०७८ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App