१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को चार बैठकको निर्णय : २२ नियुक्त, २ सरुवा, एक बढुवाको निर्णय

सरकारले मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय एकैपटक सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् संचारमन्त्री वसन्त नेम्वाङले आज मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन्।

उनले जेठ ३१ गतेको बैठकको निर्णयले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझा, नेपाल इञ्जिनियरिङ परिषदको रजिष्ट्रारमा शिवमंगल गिरीलाई नियुक्त गरेको जानकारी दिए। त्यस्तै नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की, डा. अमिना सिंह, डा. असिम ढकाल, डा. विपिनचन्द्र अधिकारी, दिनेश शाह, दोभान राई, संगिता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, श्रवणकुमार राणा नियुक्त भएको पनि उनले जनाए।

त्यस्तै मन्त्रिपषिद्ले योगमाया आयुर्वदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामा नियुक्त भएको उनको भनाइ छ।  

यस्तै असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंक(एडिबी)को कार्यकारी निर्देशकको कार्यालय मनिलामा २ वर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा श्रम मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गर्ने, सशस्त्र प्रहरी बल मानव स्रोत विभागका कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) पुष्पराम केसीको कार्य तथा सीमा सुरक्षा विभागका सरुवा र उनको ठाउँमा एआईजीपी रामशरण पौडेललाई ल्याइएको समेत निर्णय गरेको छ।

नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय पनि असार ७ कै बैठकले गरेको सञ्चारमन्त्री  नेम्वाङले बताए। उनले मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्यमा प्रा. डा. मनिलराज कुलाक्षपती, डा. पदमबहादुर शाही र डा. अनिल पोखरेल, सीटीईभीटीको सदस्य सचिवमा जितनारायण काफ्ले, र राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त भएको पनि जानकारी दिए।

असार १४ गतेको बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको सदस्यमा महेन्द्रबहादुर गुरुङ, राष्ट्रिय योजना आयोगको सदस्यमा राजबहादुर गिरीलाई नियुक्त गरिएको छ।

प्रकाशित: १६ असार २०७८ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App