२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तस्बिर कथा: रूप फेरिएछ, सार नफेरियोस्

करिब डेढ दशक अघिकी ज्वाला कुमारी साह र अहिलेकी ज्वाला।

झण्डै डेढ दशक अगाडि होला, बाराको जीतपुरको चिया पसलमा उनी भेटिएकी थिइन्।  बजार घुम्ने क्रममा खाजा खान छिरेकी उनले दतिवनले दाँत माझ्दै थिइन्। एकैछिनको कुराकानीको क्रममा थाहा भयो निकै मृदुभाषी र सरल स्वाभावकी रहिछन्। समाज परिवर्तन गर्न हिँडेकी उनी स्थानीय माओवादी नेतृ ज्वाला साह रहिछिन्।  

मलाई उनको जीवनको सरलता र सहज व्यवहारले निकै प्रभावित बनायो। तराईका चेलीबेटीहरु घुम्टोभित्रै रहँदै गर्दा उनी समाज परिवर्तनको लागि घुम्टो खोलेर अगाडि बढेकी थिइन्। बाराको सिमरा उपमहानगरपालिका–१५ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन्। उनको यही चेतना र सरलतालाई लेख्दै तस्बीर सहितको  समाचार पनि बनाएँ।  

लामो समयको अन्तरालालसम्म त्यसपछि उनीसँग न कुराकानी भयो नत भेटघाट नै। बरु पुरानो ल्यापटपमा रहेको उनको पुरानो तस्बिरले उनको सादगीको भने याद दिलाइरहन्थ्यो। मनमा खेलिरहन्थ्यो उनी, कस्ती भइ होलिन्। के गर्दे होलिन्?  

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले  ज्वाला साहलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री नियुक्त गरेसँगै उनको फेरि सम्झना आयो। पुरानो तस्बिर  र समाजिक सञ्जालमा भेटिएका नयाँ तस्बिर नियालेँ। रूपमा धेरै फरक आएछ। चिन्नै नसक्नेगरि।  

उनको बारेमा थप धेरै कुरा जान्न पाएको छैन। पार्टी फेरिएको र रूप फेरिएको समाचार र तस्बिर हेरेर थाहा पाएँ। समाजमा परिवर्तन गर्न हिँडेकी ज्वाला साहको मूलतत्व अर्थात् जीवनको सार नफेरियोस् भन्ने शुभकामना छ। नत्र त आभासले गाएको गीत जस्तै हुनेछ – ‘गोधुलीमा हिँड्ने एउटा ज्यूँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो आफै फेरिएछ .. ।’ 

उनको बारेम थप बुझ्दै जाँदा थाहा भयो, उनी २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन्। त्यस्तै, यसअघि २०६६ मा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी थिइन्। २०७४ को निर्वाचनमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनलाई दुई महिनाअघि नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ सभा सदस्यबाट हटाएको थियो। नेकपा एकीकरण बदर भएसँगै उनी माओवादीलाई छोडेर नेकपा (एमाले)मा प्रवेश गरेकी थिइन्।  

उनको  बारेमा थप धेरै कुरा जान्न पाएको छैन। पार्टी फेरिएको र रूप फेरिएको  समाचार र तस्बिर हेरेर थाहा पाएँ। समाजमा परिवर्तन गर्न हिँडेकी ज्वाला साहको मूलतत्व अर्थात् जीवनको सार नफेरियोस् भन्ने शुभकामना छ।  नत्र त आभासले गाएको गीत जस्तै हुनेछ – ‘गोधुलीमा हिँड्ने एउटा ज्यूँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो आफै फेरिएछ ... ।’

प्रकाशित: २८ जेष्ठ २०७८ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App