१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशः मुख्यमन्त्री गुरुङलाई दीपक मनाङेकै साथ छैन

मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर, उनलाई आफ्नै क्याबिनेटका मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले साथ नदिने संकेत दिएका छन् । मुख्यमन्त्री गुरुङले आफूलाई बलियो बनाउनका लागि मनाङेलाई खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । तर, मनाङेले साथ नदिँदा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना छैन । बरु मनाङेको साथले विपक्षमा बहुमत पुग्ने देखिएको छ ।  

मनाङेले बुधबार प्रदेशसभा सदस्य राजीव पहारी लगायतका सँगको भेटमा पनि संसद विघटन हुने अवस्था नआए हुन्थ्यो भन्ने बिचार राखेका थिए । ‘संसद विघटन मनाङेको चाहना छैन,’ पहारीले भने । मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएको अवस्थामा संसद विघटन गर्ने रणनीति बनाएका छन् । दीपक मनाङे भने सम्पर्कमा आउन चाहेनन् ।

विश्वासको मत पाउन मुख्यमन्त्री गुरुङले ३१ मत पाउनुपर्छ । ६० सदस्य रहेको प्रदेशसभामा एमालेको पक्षमा २८ सदस्य (स्वतन्त्रका मनाङेसहित) छन् । त्यसमा पनि माधवकुमार नेपाल पक्षका एकजना सदस्य छन्। मनाङेले मुख्यमन्त्रीलाई साथ नदिँदा र नेपाल पक्षका सदस्य इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरेको खण्डमा विपक्षमा बहुमत पुग्ने पक्का जस्तै भएको देखिएको छ ।  

विपक्षमा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुख बाहेक ११, जनता समाजवादी पार्टी (जसपा)का २ र राष्ट्रिय जनमोर्चाका तीनजना छन् । तर, जनमोर्चाका कृष्ण थापाले भने मुख्यमन्त्री गुरुङको पक्षमा मत दिने बताउँदै आएका छन् । थापाले गुरुङको पक्षमा मत दिँदा पनि विपक्षमा सभामुख बाहेक ३० जना पुग्ने देखिन्छन् । त्यसमा दीपक मनाङे र सापकोटाले साथ दिँदा विपक्षमा बहुमत पुग्ने देखिएको श्रोतको भनाई छ । 

प्रकाशित: २७ जेष्ठ २०७८ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App