५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

फौजदारी अभियोग लागेका मन्त्रीको राजीनामा माग राख्दै एमालेद्वारा संसद् अवरुद्ध

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ । फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त माग राख्दै नेकपा एमालेले पहिलो बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुमै एमाले संसदीय दलका नेता यामलाल कँडेलले जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत फौजदारी अभियोग प्रमाणित भई नैतिक पतन प्रमाणित भएका भौतिक एवं सहरी विकासमन्त्री थापालाई नहटाएसम्म सदन अवरुद्ध गर्ने भन्दै विरोध जनाए । त्यसपछि एमालेका सबै सांसदहरु उठेर सदन अवरुद्ध गरे । सभामुख राजबहादुर शाहीले बेलाबेला बस्न अनुरोध गरे पनि एमाले सांसदहरुले सदन अवरुद्ध गरिरहे । एमालेले सदन सुचारु हुन नदिएपछि सभामुखले आधा घण्डा संसद् बैठक स्थगित गरेका थिए । करिब पौने घण्टा अवरुद्ध भएपछि पुनः सुरु भएको सदनमा पनि एमालेका सांसदहरुले सदन चल्न दिएनन् ।

सदनमा उठेर एमाले सांसद करबीर शाहीले पनि सरकारले मन्त्री थापालाई नहटाएसम्म सदन चल्न नदिने बताउँदै अडान यथावत राखे । पहिलो बैठक सुचारु हुन नपाएपछि सभामुख शाही मंगलबार दिउँसो २ बजेसम्मका लागि संसद् स्थगित गरेका छन् ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार एवम् सहरी विकासमन्त्री थापालाई सर्वोच्च अदालतले छलफलका लागि भन्दै जेठ ३० गते उपस्थित हुन आदेश जारी गरेको छ ।

प्रकाशित: २४ जेष्ठ २०७८ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App