१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेशलाई मरुभूमिकरण गर्ने कार्य स्विकार्य हुँदैनः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य नहुने बताएका छन्। सामाजिक सन्जालमार्फत् अध्यक्ष थापाले यस्तो बताएका हुन्।  

उनले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने भन्ने सरकारी नीतिले सर्वत्र आशंका र चिन्ता पैदा भएको पनि उल्लेख गरेका छन्। यसले उत्पन्न भएका भ्रमबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नु पर्ने पनि उनले बताए।

उनले भने, 'खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छू भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ। यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ।'  

यसैगरि उनले अगाडि भनेका छन्, 'वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुँदैन।'

प्रकाशित: २१ जेष्ठ २०७८ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App