१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार र थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति

फाइल फोटो

आफ्ना विभिन्न माग राख्दै संघर्षरत थारुहट/थारुवान संयुक्त संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको छ।

सहमतिमा थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित इन्जिनियर धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलयागतमाथि लगाइएको सबै मुद्दा फिर्ता रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने, थारुवान आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन गर्ने र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने, महिला असहायमाथि दूर्व्यवहार गर्नेलाई छानबिन गरी कानूनी दायरामा ल्याउने सहमति भएको छ।

सहमतिमा संविधान बमोजिम थारुभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने, कमैया, कमलरी संघर्ष समितिसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्ने उल्लेख छ।

सहमतिपत्रमा नेपाल सरकारका तर्फबाट कानून न्याय संसदीय मामिला मन्त्री तथा तथा वार्ता टोलीका सदस्य राजन भट्टराई र भगवती चौधरी तथा थारु कल्याणकारी सभा थारुहट/थारुवान संयुक्त संघर्ष समितिको वार्ता टोलीका सदस्य प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन्।

 

प्रकाशित: १८ जेष्ठ २०७८ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App