१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपा फुटको संघारमाः यादव पक्षले महन्थ ठाकुरलाई दोस्रोपटक स्पष्टीकरण सोध्यो

जनता समाजवादी पार्टीका अध्यक्ष  उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई दोस्रो पटक २४ घन्टे स्पष्टीकरण सोधेको छ। जसपाका अध्यक्ष महन्थ ठाकुर लगायत सर्वेन्द्रनाथ शुक्ला,राजेन्द्र महतो र लक्ष्मणलाल कर्णलाई यादव पक्षले शनिबार स्पष्टीकरण सोधेको हो ।  

कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा पठाइएको स्पष्टीकरण  पत्रमा उक्त अवधीमा  चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने समेतको चेतावनी दिइएको छ। यादवपक्षले  जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरूलाई  जेठ ११ गते पहिलो पटक  ७२ घण्टे स्पष्टीकरण सोधेको थियो।

नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने विवाद हुँदा जसपा विभाजनउन्मुख छ । संसदीय दलमा ठाकुर पक्षको बहुमत देखिएपनि जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत रहेको छ ।  

 

प्रकाशित: १५ जेष्ठ २०७८ ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App