१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाले भन्योः हामी चुनावका पक्षमा छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ। जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको समाधान खोज्न सकिने जनाउँदै राप्रपाले सोही विश्वासका साथ पार्टी चुनावको पक्षमा रहेको बताएको छ।

राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘कोरोना महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न भने खडा भएको छ। महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन सक्दैन।’

संविधान, विधि र कानूनको पूर्ण पालना र सम्मान हुनुपर्नेमा जोड दिँदै पार्टीले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी महामारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ। राप्रपाले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न पनि अनुरोध गरेको छ।

प्रकाशित: ९ जेष्ठ २०७८ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App