२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। आज बिहान बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटघाटमा सो निर्देशन दिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ अघि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्।

शुक्रबार मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेसँगै आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन हुने भएकाे हाे।

प्रकाशित: ८ जेष्ठ २०७८ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App