१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वराजा अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको अवस्था सुधारोन्मुख

नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। उनी बुधबार राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले एक सूचना जारी गर्दै जानकारी दिएको छ।

कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा उनी पूर्व रानी कोमल शाह र छोरी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए।

अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो। लगातारको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो। कोरोनाका लक्षणहरु हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उनलाई बुधबार डिस्चार्ज गरिएको हो।  

अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेको बताइएको छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ। उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको थियो। उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो। उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ।  

छोरी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँग अस्पतालमै छिन्।  

पूर्व राजा, रानी र छोरीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो। नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए।

प्रकाशित: ३० वैशाख २०७८ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App