२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भ्रमका खेती गर्नेबाट बच्नु पर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले संकटको बेला भ्रमको खेती गर्नेबाट बच्नुपर्ने बताएका छन्।  

अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँगको छलफलमा उनले भने,‘महामारीसँग जुध्नका लागि राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘संकटको बेला भ्रमको खेतीहरु गर्ने पनि छन्, त्यस्तोबाट सचेत पनि हुनुपर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरुसँग छलफल गर्दै अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए।

अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा गरिएको छलफलले अक्सिजन सिलिण्डर वितरण प्रणालीलाई वस्तुपरक बनाउनका लागि बिरामीको संख्या, अक्सिजन चाहिने बिरामी, अक्सिजन उत्पादन गर्ने उद्योगहरु, अस्पतालबीच समन्वय गर्ने निर्णय गरेको छ।

यसैगरी, छिटो माध्यमबाट अक्सिजन प्लान्ट गर्नका लागि आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने पनि निर्णय भएको छ।

काठमाडौं उपत्यका र काभ्रेमा गरी अहिले ९ वटा अक्सिजन उद्योगहरु छन्। १५ हजार लिटर भन्दा बढी माग भए पनि अहिले ७ हजार २ सय लिटरमात्रै उत्पादन क्षमता रहेको छ। निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अधिकांश निजी अस्पतालहरु यिनै उद्योगमा निर्भर हुनुपर्ने अवस्था छ। 

प्रकाशित: २८ वैशाख २०७८ १३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App