coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रम ओलीद्वारा बैंकमा खाता खोली नागरिक एपको सुरुवात, के के सुविधा छ एपमा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको आइतबार औपचारिक शुरु गरेका छन्। प्रधानमन्त्री ओलीले चौथो सूचना प्रविधि दिवसको अवसरमा भर्चुअल माध्यमबाट प्रधानमन्त्री निवास बालुवाटारबाटै बहुसुविधा सम्पन्न मोबाइल प्रणालीको शुरु गरेका हुन्।  

सो एपमार्फत नेपाल बैंक लिमिटेडमा आफ्नो आफ्ना विवरण पठाइ खाता खोलेर यसको सुरुवात गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाहदेखि सामाजिक अन्तरक्रिया समेतमा आधारभूत परिवर्तन आएको बताए। सेवालाई पेपरलस र फेसलेस(आफैं पुग्नुपर्ने झन्झटबाट मुक्त) बताउने उनको भनाइ थियो।

सो सेवाले सार्वजनिक सेवालाई भ्रष्टाचार मुक्त र जवाफदेही बनाउन समेत मद्दत पुग्ने प्रधानमन्त्री ओलीले बताए । सोही अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उदारणीय काम गरेका सुधिर पराजुली, कुसुम लामा, हुआवे नेपाल र महालेखा नियन्त्रकको कार्यालयलाई यस वर्षको सूचना प्रविधि पुरस्कार दिइएको थियो।  

कार्यक्रममा कुनै पनि सेवा लिन नागरिकता, सम्बन्धित कागजात र फोटो लिएर सरकारी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न एवं छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुने भएका कारण एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याइएको जानकारी दिइएको थियो।  

के के सुविधा छ एपमा ?

नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि यसमा छ। सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा, एसएलसी र प्ल–सटु तहका शैक्षिक विवरणदेखि लिएर स्वास्थ्य बीमाको सुविधा पनि एपमा रहेका छन्। एपबाटै क्यु आर कोड प्रयोग गरी बैंक खाता खोल्न सकिने प्रणाली छ।

प्रकाशित: १९ वैशाख २०७८ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App