७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘ओलीको कारबाही दुराशयको निरन्तरता’

फाइल तस्बिर

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाहीको ओली इतर समूहले भत्र्सना गरेको छ। 

नेपाल–झलनाथ खनाल पक्षधर स्थायी कमिटी सदस्यले नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने कार्य पार्टी विधानविपरीतको स्वेच्छाचारी काम भएको निष्कर्ष निकालेका हुन्। नेपाल–खनाल पक्षधर स्थायी कमिटी सदस्यहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा यस्तो कार्य पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयको निरन्तरता भएको उल्लेख गरिएको छ।

 पार्टी विधान, पद्धति र मान्यताविपरीतको कार्यको हामी भत्र्सना गर्छाैं । केपी शर्मा ओलीबाट भएका उक्त प्रकारका देश, जनता र पार्टीको हितविपरीतका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्धरुपमा संगठित भई देशव्यापी रुपमा सक्रिय हुन नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्छाैं’, विज्ञप्तिमा उल्लेख छ।  विज्ञप्तिमा नेपाल, खनाल, रावल, भुसाल, पाण्डेसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई र मुकुन्द न्यौपानेले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २१ चैत्र २०७७ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App