१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

खोटाङकी पहिलो महिला मन्त्री बनिन् उषाकला राई

कार्यभार सम्हाल्दै सामाजिक विकास मन्त्री उषाकला राई । तस्बिर : नागरिक

खोटाङका प्रदेशसभा सांसद उषाकला राई सामाजिक विकास मन्त्री नियुक्त भएकी छन्। खोटाङबाट समानुपातिक सांसद बनेकी राई शुक्रबार प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्री नियुक्त भएकी हुन्। मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्नेक्रममा सांसद राई मन्त्री नियुक्त भएकी हुन्। नवनियुक्त मन्त्री राईले शुक्रबार सपथ लिएकी छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी राईले खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास बनाएकी छन्।  

मन्त्री राईले कोदोको लोकल रक्सीमाथिको व्याण्ड हटाएर ब्राण्ड बनाउने नारा प्रदेश नम्बर १ बाट लागू गर्न कोसिस हुने बिश्वास व्यक्त गरेकी छन्। सपथमा उनका श्रीमान पूर्व कानून मन्त्री शेरबहादुर तामाङ समेतको उपस्थिति रहेको थियो। ‘निष्ठापूर्वक काम गर्ने र जनताको नजरबाट गिर्ने काम म बाट नहुने कुरामा विश्वास ब्यक्त गर्दछु,’ मन्त्री राईले फेसबुकमा लेखेकी छन्, ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा प्रदेश नम्बर १ बाट लागु गर्ने कोसिस हुने कुरामा बिस्वास ब्यक्त गर्दछु।’  

सामाजिक विकास मन्त्री राई, आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबोहाङ, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ, कृषि राज्यमन्त्री कला घले र वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले एकैसाथ सपथ लिएका छन्।

प्रकाशित: १४ चैत्र २०७७ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App