२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधन भएको छ। फागुन १४ गते मष्तिष्कघात भएका जोशीको काठमाडौंको नोर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

काठमाडौँ क्षेत्र नं. ८ बाट निर्वाचित भई उध्योग मन्त्री समेत भएका स्वर्गीय नवीन्द्रराज जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर समेत निर्वाचित भएका थिए। उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष समेत थिए। उनका पत्नी र एक छोरी छन्।

प्रकाशित: १३ चैत्र २०७७ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App