coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जसपाका चार जना नेता प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

फाइल तस्बिर।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। मंगलबार जसपा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेको जसपा नेता केशव झाले जानकारी दिए।

‘चार नेताहरू छलफलका लागि जानुभएको,’ झाले भने, ‘उहाँहरूबीच समसामयिक विषयमा कुराकानी हुनेछ।’

आफूहरुले अघि सारेका मागहरू पूरा नभएसम्म सरकारमा नजाने जसपाको अडान छ। संविधान संशोधन र रेशम चौधरी लगायतका नेताहरूको रिहाइलाई प्रमुख एजेण्डा बनाएको जसपाले सबै सबै पक्षसँग छलफल गर्दै आएको छ।

प्रकाशित: १० चैत्र २०७७ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App