१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कम्युनिस्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला आयोः शेरबहादुर देउवा

फाइल तस्बिर

प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला आएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले अयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेको भन्दै प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिस्ट पार्टीको विरुद्ध लड्नु पर्ने बेला आएको बताए ।  

सभापति देउवाले कम्युनिस्टहरू प्रजातन्त्रको खिलाफमा रहेको भन्दै नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नु पर्नेमा जोड दिए ।  

‘अहिले प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो । कम्युनिस्ट एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छ । झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउनु आवश्यक छ । स्थायी गराउन, कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस्’, उनले भने ।  

त्यस्तै नेपाली कांग्रेसलाई सरकारमा जान कुनै हतार नभएकोसमेत उनले बताए ।  ‘अहिले नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ। त्यसैले नेपाली कांग्रेसले सरकारमा जान धेरै हतारिनु पर्ने र लोभिने काम छैन्’,उनले भने ‘परिस्थिति आइपरे भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन् । विपक्षको भूमिका निर्वाह गर्ने म्याण्डेट हामीले पाएका हौं त्यसैले हतारिनु पर्ने काम छैन् ।’ 

प्रकाशित: २९ फाल्गुन २०७७ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App