४ वैशाख २०८१ मंगलबार
राजनीति

सरकारले यति धेरै काम गरेको छ कि एक छिनमा भन्नै सकिन्न : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षको अवधिमा थुप्रै काम गरेको दाबी गरेका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पर्यटन, उद्योग, कृषि लगायतका क्षेत्रमा सरकारले थुप्रै काम गरेको बताएका हुन्।

‘उद्योगको क्षेत्रमा, व्यापारको क्षेत्रमा, वातावरणको क्षेत्रमा सरकारले यति धेरै काम गरेको छ कि एक छिनमा भन्नै सकिँदैन,’ उनले भने।

ओलीले शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, मानव अधिका, एकल महिला, बालबालिकाका क्षेत्रमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए। झोलुङ्गे पुलदेखि सडक पुल, राजमार्ग विस्तार लगायत अनगिन्ती भौतिक पूर्वाधारको विकास सरकारले गरेको उनले दाबी गरे।

समाजमा सरकारकातर्फबाट जनतालाई पुर्‍याउने काममा पनि सरकारले उल्लेखनीय काम गरेको उनको दाबी छ।  

प्रकाशित: २९ फाल्गुन २०७७ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App