७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘हामी सांसद पद गुमाउन तयार भयौं, तर विचार र राजनीतिलाई छोड्न तयार भएनौं’

फाइल तस्बिर

ऊर्जा मन्त्री टोप बहादुर राइमाझीले आफूहरू सांसद् पद गुमाउन तयार भएको तर विचार र राजनीतिलाई छोड्न तयार नभएको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित नेकपा एमालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरुले पद र प्रतिष्ठाको राजनीति भन्दा पनि विचारको राजनीति गर्ने भएकोले पुरानो समूहमा फर्कन नसक्ने बताएका हुन् ।  

‘विगतमा हामी एउटै पार्टी भइसकेका थियौँ। तर सर्वाेच्चको फैसलाले पछि फर्कनु पर्ने बाध्यता सिर्जना भयो’, उनले भने, ‘हामीलाई विचार र राजनीतिलाई मुख्य बनाउने कि राष्ट्रको विकास, समृद्धि, जनता  वा आफ्नो कार्यदिशा वा आफ्नो गुटलाई प्रमुख बनाउने भन्ने बारेमा निर्णय गर्नु पर्ने स्थिति बन्यो। संसद् गुमाउने वा विचार र राजनीतिलाई केन्द्रमा राख्ने भन्ने कुरामा हामी संसद् गुमाउन तयार भयौं, तर विचार र राजनीतिलाई छोड्न तयार भएनौं। अहिले आएर पुष्टि भएको छ।’

उनले केपी ओलीको विचार र कार्यदिशालाई अंगाल्नु पर्ने आजको नेता तथा कार्यकर्ता जिम्मेवारी रहेको बताए ।  

‘केपी ओलीको विचार देशलाई समृद्ध बनाउने छ । त्यसैले अहिले पद र प्रतिष्ठा राजनीति भन्दा ठूलो विचार राजनीति हो । त्यसकारण हामी ठिक ठाउँमा र्छौं । विचार र राजनीति सही  रुपमा अंगाल्न सक्यौँ भने यस्ता मन्त्री र सांसद आइरहन्छ ।’ 

प्रकाशित: २९ फाल्गुन २०७७ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App