१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले गृहमन्त्री बादलसहित मन्त्रीहरूलाई फिर्ता बोलायो, भोलि केन्द्रीय समिति बैठक आह्वान

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिँदै २४ घण्टे स्पष्टिकरण सोधेको छ। पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिँदै पार्टी छाडे नछाडेको बारेमा २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्दैशन दिएको हो।  

गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन्। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन्।  

बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ। एमालेमा लागेका माओवादी नेताहरुलाई पनि पार्टी छाडेको हो होइन भन्नेबारेमा स्पष्टिकरण सोधेको हो।

त्यस्तै, बैठकले चैत २ गते हुने भनिएको राष्ट्रिय भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ। चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७७ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App