१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

रसुवामा नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्नै कार्यालयमा बोर्ड राखे

रसुवामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आ–आफ्नै कार्यालयमा बोर्ड राखेका छन्। एमाले र माओवादी (केन्द्र) एकीकरण हुनु अगाडि सञ्चालनमा रहेका कार्यालयमा बोर्ड राखिएको हो।

नेकपा (माओवादी केन्द्र) ले बुधबार र नेकपा (एमाले) ले बिहीबार आ–आफ्ना पार्टी कार्यालयमा बोर्ड राखेका छन्। माओवादी केन्द्रको कार्यालय घुम्तीबजारमा र एमालेको कार्यालय सदरमुकाम धुन्चेमा यथावत भएको छ।  

माओवादी केन्द्रको कार्यालयमा पार्टी अध्यक्ष इन्द्र गौतम जगतजंग र एमालेको पार्टी कार्यालयमा पार्टी अध्यक्ष कर्णेल लामाले बोर्ड राखेका हुन्। पार्टी एकीकरण भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रसुवाको पार्टी कार्यालय सञ्चालनमा आएको थिएन।  

दुई पार्टी एकीकरण भएपछि बनेको नेकपा रसुवाले धुन्चेमा साविकको एमालेको पार्टी कार्यालयलाई पार्टी कार्यालय बनाउने र साविकको माओवादी केन्द्रको कार्यालयलाई सम्पर्क कार्यालय बनाउने निर्णय भएको थियो। सम्पर्क कार्यालयमा कहिलेकाहीं बैठक बसेको भएपनि पार्टी कार्यालय भने सञ्चालनमा आएको थिएन।  

केही वर्ष अगाडि सदरमुकाम धुन्चेमा निर्माण गरिएको भवनमा एमालेले बिहीबार बोर्ड राखेको पार्टी अध्यक्ष कर्णेल लामाले बताए। उनले पार्टी कार्यालयको उद्घाटन गर्नुका साथै पार्टीको बोर्ड राखेका हुन्। एमाले र माओवादी (केन्द्र) एकीकरण भएपछि उक्त कार्यालय सञ्चालनमा आएको थिएन।  

सर्वोच्च अदालतको फैसला आएसँगै पार्टीले आफ्नै भवन सञ्चालनमा ल्याएको हो। उनी साविकको एमाले भएका बेला पनि अध्यक्ष थिए भने नेकपामा पनि उनी अध्यक्ष नै यथावत थिए। नेकपा (माओवादी केन्द्र) रसुवाका अध्यक्ष इन्द्र गौतम जगतजंग भने पार्टी सचिव भएका थिए।

प्रकाशित: २७ फाल्गुन २०७७ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App