२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्ण थापाको निर्देशनमा सुदूरपश्चिम प्रदेश कार्यालयमा गुण्डागर्दी शैलीमा तोडफोड गरियो : भीम रावल

फाइल तस्बिर।

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयमा गरिएको तोडफोडमा संलग्नहरुलाई तत्काल कारबाही गर्न माग गरेका छन्। बुधबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले घट्नाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पंक्तिलाई पनि जानकारी गराईसकेको बताए।

उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति समेत जनाएका छन्। तिनै थापाको निदेर्शनमा पार्टी कार्यालयमा तोडफोड गरिएको रावलको आरोप छ। ‘बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ताहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भए। बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरे,’ उनले भने, ‘म यो घट्नाको निन्दा गर्छु। यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो।’

सुदूरपश्चिम प्रदेशमा एमालेको इन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई मान्ने विषयमा ओली पक्ष र माधव पक्षबीच  विवाद उत्पन्न भएको छ। धनगढी उपमहानगरपालिका वडा नं ३ मा रहेको प्रदेश पार्टी कार्यालयमा बुधवार प्रदेश ईन्चार्ज रावल कि भट्ट भन्ने वियमा विवाद उत्पन्न भएर ओली पक्ष र माधव पक्षका कार्यकर्ताबीच झडप भएको थियो।

प्रकाशित: २६ फाल्गुन २०७७ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App