२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बादल पक्ष अनुपस्थित

मंगलबार दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा नेताहरु। तस्बिर : बिष्णु सापकोटा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले पेरिसडाँडामा जारी छ। सर्वोच्च अदालतले ब्यूँताइदिएपछि पहिलोपटक माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको हो।  

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्। ‘बैठक समसायिक राजनीतिक विषयमा केन्द्रित हुनेछ। विशेषगरी केन्द्रदेखि तलसम्मका संगठनका बारेमा छलफल हुनेछ,’ भुसालले नागरिकसँग भनिन् ‘आोली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा पनि छलफल हुने सम्भावना छ।

बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएका माओवादी नेताहरु अनुपस्थित भएका छन्। माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा ओली नेतृत्वको सरकारमा छन्।

प्रकाशित: २५ फाल्गुन २०७७ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App