४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अख्तियार प्रमुख राई भन्छन् : प्रतिशोध र पूर्वाग्रहका आधारमा कसैलाई कारबाही गरिने छैन

फाइल तस्बिर।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारी दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य प्रमाणको आधारमा कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  शनिबार टंगालस्थित आयोगको मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताउदै आग्रह तथा पूर्वाग्रहको आधारमा आफू नचल्ने स्पष्ट पारेका हुन्। 

मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले  आम नागरिकले  अनुभव गर्न सक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको औँल्याए । आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्र भित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने समेत प्रमुख आयुक्त राईले बताए।

‘आम नागरिक मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्, उहाँहरूको अपेक्षाअनुसार सबैले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्ने छैन,’ उनले भने। 

फरक प्रसङ्गमा प्रतिशोध तथा पूर्वाग्रहका आधारमा निर्देशलाई फसाउने काम हुँदै नहुने भन्दै प्रमुख आयुक्त राईले आफ्नो कार्यकालमा आयोग इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने प्रतिबद्धता व्यक्त गरे। आयोगलाई अझ प्रभावकारी रुपमा भ्रष्टाचारविरुद्ध निगरानी गर्ने निकायको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको सुनाए। भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरिकको समेत सहयोग खाँचो रहेको औँल्याउँदै उहाँले सबैको साथको अपेक्षा गरे। 

हालै अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनुभएका राईलाई बधाई दिन काठमाडौं महानगरपालिका २९ का स्थानीय, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवी पुगेका थिए। २९ वडाका अध्यक्ष कुश ढकाल, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, सामाजिक विकास समाजका कार्यवाहक अध्यक्ष ओमप्रसाद उप्रेती, घट्टेकुलो नमुना नगर टोल सुधार समितिका अध्यक्ष ईन्द्रसुर राई तथा, घट्टेकुलो नमुना नगर टोल सुधार समितिका कार्यक्रम संयोजक मोहन कुमार डाँगीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए। उनीहरुले अख्तियारको प्रमुख राईको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै भ्रष्टाचारीलाई कारवाहीकालागी खुट्टा नकमाउन सुझाव दिएका थिए।

प्रकाशित: १५ फाल्गुन २०७७ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App