२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

केपी ओलीले आफूलाई महाराजधिराज नै ठान्छन् : प्रचण्ड

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘केपी ओलीले आफूलाई महाराज धिराज’ ठान्ने गरेको बताएका छन्। ललितपुरको जावलाखेलमा शनिबार आयोजित प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलामा प्रचण्डले ओलीमा ‘अरुको आलोचना सुन्न नसक्ने, बैठक, छलफल मन नपराउने’ चरित्र रहेको आरोप लगाए।

‘केपी ओलीले आफूलाई महाराज धिराज नै ठान्छन्,’ उनले भने,‘उहाँमा अरुको आलोचना सुन्न नसक्ने, बैठक, छलफल मन नपराउने प्रवृत्ति छ।’ उनले प्रधानमन्त्री ओलीको वर्ग परिवर्तन भएको समेत बताए। उनले ओली सामन्तवादी भएको उनको आरोप छ।

सम्बोधनका क्रममा उनले पार्टी एकताका क्रममा भएका सहमतिलाई ओलीले उलङ्घन गरेको बताएका थिए। आलोपालो सरकारको नेतृत्व, दुवै जना अध्यक्षको समान हैसियतजस्ता सहमतिहरु ओलीले ‘आई एम द स्टेट’ शैलीमा उलङ्घन गरेको प्रचण्डको भनाई छ।

कार्यक्रममा उनले नेपालमा लोकतन्त्रका लागि भएको आन्दोलनमा शिक्षकरुहको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

प्रकाशित: १५ फाल्गुन २०७७ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App