१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

फाइल तस्बिर।

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनको उपचारमा संलग्न डा. राजीव झाकाअनुसार जोशीको संवेदनशील भागमा रगत जमेको छ।

‘उहाँको मस्तिष्कको संवेनदनशील ठाउँमा रगत जमेको छ। त्यो जमेको रगतलाई ‘सर्जरी’ गरेर पनि निकाल्न सकिदैन,’ डा. झाले नागरिकसँग भने,‘टाउकोबाट शरीरमा जानुपर्ने पानी मस्तिष्कमै रोकिएको छ। उहाँको अवस्था चिन्ताजनक छ। अहिलेलाई सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखेका छौं।’

उनकाअनुसार यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुन्छ। ‘यस्ता खालका ७० प्रतिशत बिरामी निको हुँदैनन्,’ उनले भने,‘तर, प्रयास गरिरहेका छौं।’

गएराति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि जोशीलाई वीर अस्पतालमा भर्ना गरिएको थियो। उनको थप उपचारका लागि आज बिहान वीरबाट नर्भिक अस्पताल सारिएको हो।

प्रकाशित: १४ फाल्गुन २०७७ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App