२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

असमानता अन्त नभएसम्म संघर्ष : अध्यक्ष यादव

जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विभेद र असमानता रहेसम्म संघर्ष जारी रहने बताएका छन।  

जमिअत उलमाए नेपालद्वारा सोमबार जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषय अन्तरक्रिया एवं उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र नामक पुस्तकको उर्दु  संस्करणको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने,'मुलुकमा ठुलठुला राजनीतिक परिवर्तनहरु भए पनि विभेद अन्त हुन सकेन। शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन नभएसम्म भेदभाव र असमानता अन्त नहुने उनको भनाइ छ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले मुश्लिम समुदायलाई शिक्षामा जोड दिन आग्रह गरे। अशिक्षाकै कारण मुस्लिम समुदायमा गरीबी र असमानता बढ्दै गएको उल्लेख गर्दै उनले भने ,' शिक्षामा पहुँच बढाउनुको विकल्प छैन।

मुस्लिम समुदायलाई मुलुकको मुल धारमा ल्याउनुपर्ने आवश्यकता औल्याउँदै मुख्यमन्त्री राउतले भने। प्रदेश सरकार सबै क्षेत्रमा जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गरेको छ, गर्दैछ , उनले दाबी गरे।

असगर अली देवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, साहित्यकार रामभरोस कापडि भ्रमर सहितका वक्ताहरुले सम्बोधन गरेका थिए।  

 

प्रकाशित: १० फाल्गुन २०७७ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App