२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

'प्रजातन्त्र दिवसमा प्रजातन्त्रकै खिल्ली उडाउँदै हत्यारालाई आम माफी दिइनु आपत्तिजनक'

नेपाली कांग्रेसको युवा संगठन तरुण दलले आफ्नो संगठनका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न व्यक्तिहरूलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाहा गरेकोप्रति आपत्ति जनाएको छ। तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले शनिबार विज्ञप्ति जारी गरेर सरकारले ‘पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरु फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै’ सरकारले कैद मिनाहा गरेर आम माफी दिएकोप्रति आपत्ति जनाएको हो।

सरकारले देशमा हत्या, हिंसालाई ढाकछोप गर्ने र अवान्छित क्रियायाकलापलाई प्रोत्साहित गर्ने काम गरेको तरुण दलकाे आरोप छ।

‘२०६८ साल पुस महिनामा जिल्ला कारागार भरतपुर (चितवन) भित्र नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरु फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्या दवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिइएकोप्रति नेपाल तरुण दल केन्द्रीय समिति गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ,’ बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

२०६८ पुसमा जिल्ला कारागार चितवनभित्रै तत्कालिन नेपाल तरुण दलका अध्यक्ष पौडेलको हत्या भएको थियो। पौडेलको हत्यामा श्रेष्ठ, मोक्तान र केसी संलग्न भएको ठहर गर्दै अदालतले २० वर्ष कैद सजाय फैसला गरेको थियो। तर, सरकारले उनीहरुको कैद मिनाह गरिदिएको हो।

प्रजातन्त्र दिवसका अवसर पारेर शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले जन्मकैद सजाय पाएका ५ सय ९५ कैदीलाई रिहा गरेकी थिइन्। त्यस्तै १५ जनालाई आममाफी दिइएको थियो।

तरुण दलले जारी गरेको विज्ञप्तिः

प्रकाशित: ८ फाल्गुन २०७७ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App