१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अख्तियारका आयुक्त जोशीले दिए राजीनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त .जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका हुन् । 

सुशील घिमेरेको पदावधि सकिएपछि जोशी अख्तियारको कार्यवाहक प्रमुख आयुक्त थिए।

उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

प्रकाशित: २१ माघ २०७७ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App