११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

उर्जाको क्षेत्रमा आत्मनिर्भर बन्दैछौं : प्रधानमन्त्री ओली

देशकै ठूलो सब–स्टेसन उद्घाटन

धनुषाको ढल्केबरमा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा देशकै ठूलो ४ सय केभीको सब–स्टेसनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

सब–स्टेसन उद्ध्घाटनपछि प्रधानमन्त्री ओलीले भने,‘अब नेपाल उर्जामा आत्मनिर्भर बन्दै गएको छ। यो सब–स्टेसनको संचालनले देश विद्युतमा आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्ने हैसियमा पुगेका छौं। उनले भने,‘अब भारत–नेपाल विद्युत आदान प्रदानको आधारशीला तयार भएको छ।’  

अहिलेपनि बर्खा सिजनमा हामी विद्युतमा आत्मनिर्भर छौं एक दुई वर्षभित्रै जुनसुकै सिजनमा पनि हामी विद्युतको क्षेत्रमा पूर्णतःआत्मनिर्भर बनिसक्ने प्रधानमन्त्री ओलीको दावी थियो।

सब–स्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ४००/२२० केभी ट्रान्सफर्मर र ८० एमभीए क्षमता भएको एउटा ४ सय केभी रियाक्टर जडित छ। ४ सय केभी सब–स्टेसनबाट करिब ९ सय मेगावाट विद्युत् ४ सय केभी र २ सय २० केभीमा आदानप्रदान गर्न सकिन्छ।

चार सय केभी प्रसारण लाइनमार्फत भारतसँग करिब १ हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने र हेटौंडादेखि इनरुवासम्म बन्दै गरेको ४ सय केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब २ हजार मेगावाटसम्म विद्युत् हेटौंडातर्फ र २ हजार मेगावाट विद्युत् इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुनेछ।

विक्रम संवत १९६७ मा फर्पिङ पावर हाउसपछि पहिलो पटक ४ सय केभी सब–स्टेसन निर्माण सकिएर ढल्केबर–मुजफ्फरपुर (भारत) लाइनसहित सञ्चालनमा आएको हो।

प्रधानमन्त्री ओलीले सबस्टेसन परिसरमै रहेको २२०/१३२ केभीको अर्को सबस्टेसनको पनि उद्घाटन गरेका छन्। २२०/१३२ केभीको सबस्टेसन विश्व बैंकको सहुलियत ऋणमा सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो।

‘राष्ट्रिय विद्युत् विकास दशक’ कार्यक्रमअन्तर्गत ढल्केबरमा जीआईएस प्रविधिमा आधारित स्वचालित ४ सय केभीको सबस्टेसन निर्माण गरिएको हो।

प्रधानमन्त्री ओलीसँगै ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र सहरी विकास मन्त्री प्रभु साह पनि ढल्केबरस्थित सवस्टेसनको उद्घाटन गरी हेलिकप्टरमार्फत सिरहा अवतरण भएका थिए।

सिरहामा स्व.हेमनारायण यादवको १७ स्मृति दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्न सिरहाका लागि उडेका थिए।  

 

प्रकाशित: १९ माघ २०७७ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App