उनले आफ्नो पार्टी प्रजातन्त्रवादी पार्टीका रुपमा मौलिक पहिचान बोकेर अघि बढेको छ भन्दै देशलाई अहिले बलियो वैकल्पिक प्रजातान्त्रिक शक्तिको आवश्यकता भएकामा जोड दिए।
सरकारले अब चार शक्तिको मुख नताकी दृढतापूर्वक तत्काल संविधानसभा निर्वाचनको मिति घोषण गर्नुपर्ने तथा निष्पक्ष निर्वाचनका लागि दलीय संयन्त्र खारेज हुनुपर्ने उनले बताए।
नवप्रवेशी राजनीतिज्ञ थापाले पञ्चायती व्यवस्थालाई उछिनेर बहुदलीय व्यवस्थालाई कमजोर पार्ने गरी वर्तमान प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन गरिएको टिप्पणी गर्दै कमजोर अवस्थामा रहेको मुलुकको राष्ट्रियता र प्रजातन्त्रलाई जोगाउन सबैको दायित्व भएकामा उल्लेख गरे।
राप्रपा नेपालका नेता केशरबहादुर विष्ट र महामन्त्री चन्द्रबहादुर गुरुङले 'आदर्शवान्, वैचारिक, राष्ट्रवादी र प्रजातन्त्रवादी' नेता थापाको प्रवेशले पार्टीलाई नयाँ उचाइमा पुर्याउन र राष्ट्रियतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रकाशित: २० जेष्ठ २०७० ०८:१६ सोमबार





