८ वैशाख २०८१ शनिबार
राजनीति

देशमा विकासको लहर ल्याएका छौं : प्रधामन्त्री ओली

तस्बिरः प्रधानमन्त्रीको सचिवालय।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले देशमा विकासको लहर ल्याएको दाबी गरेका छन्। सोमबार दाङको सिसहनिया–गढवा जोड्ने पुलको उद्घाटनका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले देशमा विकासको लहर ल्याइएको बताएका हुन्।

उनले लुम्बिनी प्रदेशको राजधानीलाई व्यवस्थित गर्न सिसहनिया–गढवा जोड्ने पुल त्यन्त जरूरी रहेको बताएको प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सुर्य थापाले जनाए। सो क्रममा ओलीले निर्धारित समयमा कार्य सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद पनि दिएका थिए।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको उद्घाटनका लागि प्रधानमन्त्री ओली सोमबार नेपाली सेनाको हेलिकप्टरबाट दाङ पुगेका हुन्।  

प्रकाशित: १२ माघ २०७७ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App