६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

केपी ओलीमा सत्ताको उन्माद छ : माधव नेपाल

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद रहेको आरोप लगाएका छन्। प्रचण्ड–नेपाल समूहले आज बानेश्वरमा आयोजना गरेको अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा नेता नेपालले सत्ताको उन्मादका कारण केपी ओलीले गैरसंवैधानिक कदम चालेको बताए।

उनले प्रधानमन्त्री ओलीबाट सिंगो व्यवस्थाविरूद्धको कदम चालिएको बताए। ‘केपी ओलीमा सत्ताको उन्माद छ, त्यसले उनले सिंगो व्यवस्था विरुद्ध, संघीयता विरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था विरुद्धको कदम चाले’ नेता नेपालले भने।  

उनले संविधान संशोधन गर्ने ठाउँ भएपनि संघीयता, गणतन्त्र, समावेशिता, समानुपातिक व्यवस्थालाई कुनै हालतमा संशोधन गर्न नदिने बताए।

अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उल्लेख गर्दै उनले अदालतले संसद विघटन खारेज गरिदिने विश्वास व्यक्त गरे।

प्रकाशित: २२ पुस २०७७ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App