२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद विघटनविरुद्ध अनेरास्ववियूको लालटिन जुलुस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट अनेरास्ववियूले बुधबार संसद विघटविरूद्ध लालटिन जुलुस निकालेको छ। संसद विघटनविरूद्धको दोस्रो चरणको आन्दोलन अन्तर्गत अनेरास्ववियूले काठमाडौं उपत्यकामा लाल्टिन जुलुस निकालेको हो।  

जुलुसमा पूर्वमन्त्री योगशे भट्टराईसमेत सहभागि थिए। अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले सरकारको प्रतिगामी कदमविरुद्ध सडकमा आउनु परेको बताए। लाल्टिन जुलुसका लागि अनेरास्ववियूले ‘दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै?’ भन्ने नारा तय गरेको छ।  

मंगलबार बसेको अनेरास्ववियूको बैठकले संसद विघटनविरूद्ध पुस २१ गतेदेखि २९ पुसम्मका लागि विभिन्न सङ्घर्षका कार्यक्रम तय गरेको थियो।  

 

 

प्रकाशित: २२ पुस २०७७ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App